+
+

निजामती विधेयकप्रति ट्रेड युनियन सप्तरीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १९:५४

१८ असार, सप्तरी । निजामती सेवा ऐन, २०४९ अनुसारका निजामती कर्मचारीका सेवा, शर्त र सुविधा यथावत कायम गरिनुपर्ने माग राख्दै निजामती कर्मचारीहरुको आधिकारिक संस्था ट्रेड युनियन सप्तरीले प्रमुख जिल्ला अधिकारी समक्ष माग पत्र पेश गरेको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा गणपुरक संख्या नै नरहेको अवस्थामा जबरजस्ती रुपमा पारित गरेको बिषयप्रति खेद प्रकट गर्दै युनियनले १७ बुँदे माग अघि सारेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीको हकमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भए पश्चात निश्चित अवधिपछि संघ/प्रदेशमा सरुवा हुने कानुनी आधारको स्पष्ट व्यवस्था हुनुपर्ने, निजामती कर्मचारीको परिभाषामा संघीय निजामती सेवामा कार्यरत निजामती कर्मचारी र संघीय कानुन बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती सेवाका कर्मचारीहरुलाई बुझाउने छ भन्ने उल्लेख गर्नुपर्ने माग राखिएको छ ।

यस्तै, निजामती सेवाको पदमा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको खुला तथा आन्तरिक पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने एवं पदोन्ती भए पश्चात सो भन्दा अगाडिको सेवा अवधि जोडिने वर्तमान व्यवस्थालाई यथावत कायम गर्नुपर्ने  राख्नुपर्ने माग राखिएको छ ।

स्वास्थय सेवाको छैंटौं र आठौं तहमा विज्ञापन हुने व्यवस्था सुनिश्चितता गरिनुपर्ने लगायतका माग रहेको भन्दै युनियनका जिल्ला अध्यक्ष अजयकुमार झाले माग पूरा नभए चरणबद्व आन्दोलन गर्ने चेतावनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?