+
+
Shares

प्रदेश १ मा ३८ संक्रमित थपिए, २८ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १९:०२

१९ असार, विराटनगर । शुक्रबार प्रदेश १ मा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५-५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ महिला, अर्जुनधारामा ६ पुरुष र २ महिला, बिर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिलामा संक्रमण पुष्टि देखिएको छ ।

मोरङको विराटनगर- ३ जना पुरुष, बेलबारी र बुढीगंगा गाउँपालिकामा १-१ जना र उदयपुरको बेलकामा ५ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

२८ जना डिस्चार्ज

शुक्रबार प्रदेश १ बाट २८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा २० महिला र ८ पुरुष छन् ।

मोरङका १२, सुनसरीका ५, उदयपुर ४ जना र झापाका ७ जना छन् । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालकदेखि ४८ वर्षसम्मका महिला छन् । कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावका अनुसार डिस्चार्ज हुनेहरु २७ जेठदेखि असार १२ गतेसम्म भर्ना भएकाहरु हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?