News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षबाट पूँजीगत खर्च बढाउने र यसको वर्तमान हविगत तोड्ने दाबी गर्नुभयो ।
- चालु आर्थिक वर्षमा ३५ प्रतिशतभन्दा कम पूँजीगत खर्च भएको स्वीकार गर्दै उहाँले खर्च वृद्धिसँगै राजस्व संकलनमा सुधार आउने बताउनुभयो ।
- शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्कले सर्वसाधारणलाई असर नपर्ने भन्दै उहाँले नयाँ बजेटबाट सुधारको नतिजा देखिने दाबी गर्नुभयो ।
१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरेका छन् ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरे ।
प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने बताए ।
उनले नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिने दाबी गरे ।
‘अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ’ सम्बोधनका क्रममा उनले भने । शिक्षा र स्वास्थ्यमा लगाइएका समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने दाबी उनले पुनः दोहोर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4