+
+
Shares

राष्ट्र ऋण उठाउने विधेयक पारित

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिबाट पारित गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋण रकम उत्पादनमूलक आयोजनामा खर्च गरिने प्रतिबद्धता जनाउनुभयो ।
  • विमानस्थल निर्माणमा लिइएको ऋणको अवस्थाबारे सरकारले निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता अर्थमन्त्रीले औंल्याउनुभयो ।

१४ असार, काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्’, उनले भने, ‘तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।’

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?