+
+
Shares

पहिले मापसे, त्यसपछि नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १५:३६
प्रतीकात्मक तस्वीर

२१ असार, काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल सञ्चालन गर्छिन् ।

शनिबार सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थ समेत दिएर दुई जनाले आफूमाथि करणी गरेको पीडित महिलाको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?