+
+
Shares
फिफा विश्वकप २०२६ :

रामोसको गोलमा पोर्चुगललाई अग्रता

टोरन्टोमा भइरहेको खेलमा पोर्चुगलले क्रोएसियामाथि २-१ को अग्रता बनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते ६:४३

१९ असार, काठमाडौं । गोन्कालो रामोसले इन्जुरी टाइममा गोल गरेपछि फिफा विश्वकप २०२६ मा पोर्चुगलले अन्तिम सममया क्रोएसिया माथि अग्रता बनाएको छ ।

टोरन्टोमा भइरहेको खेलमा पोर्चुगलले क्रोएसियामाथि २-१ को अग्रता बनाएको छ ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेड मार्फत बराबरी गोल गरेका हुन् ।

त्यसअघि इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए ।

रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?