+

खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक

२०७७ असार  २२ गते १०:३८ २०७७ असार २२ गते १०:३८
खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक

२२ असार, काठमाडौं । कोरोना महामारीका कारण देशभरि लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडीहरू बेरोजगार बनेका छन् ।

मैदान र खुला वातावरणमा रमाउने खेलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउन तिर लागेका छन् । नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यङ्ग्यसहितको नाटक बनाउने भएका हुन्।

नाटकको नाम ‘अफ साइड’ राखिएको छ। कुलेश्वरको गणेश मन्दिरमा बिहान नाटक सुटिङको उद्घाटन गरिएको छ।

नाटकमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवि सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन्।

नाटकमा उनीहरूलाई मान श्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छन्। सोमबार बिहानबाट सुटिङ सुरु गरिएको नाटक करिब १५ दिनमा सबै काम सकेर युट्युबमा प्रसारण गर्ने आयोजक नेपाल फुटबल एजेन्टले जनाएको छ। यसमा थप एपिसोडहरू पनि ल्याउने आयोजकको लक्ष्य छ।

कोरोना भाइरस खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय