Comments Add Comment

११ वर्षअघिको हत्या घटनाका अभियुक्त पक्राउ

२२ असार, वीरगञ्ज । बाराको फेटामा ११ वर्षअघि भएको शिक्षक हत्याको घटनाका मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठा पक्राउ परेका हुन् ।

०६६ वैशाख १७ गते साविकको गाविस फेटा–१ मा नेपाल राष्ट्रिय माविका शिक्षक प्रदीपकुमार तिमिल्सिनाको गोली हानी हत्या भएको थियो ।

घटनापछि फरार रहेका मुख्य अभियुक्त फेटा घर भई कलैया उपमहानगरपालिका –१८ बस्ने ४४ बर्षका बैठालाई प्रहरीले सोमबार विहान १० बजे पक्राउ गरेको हो ।

‘गाउँघरमै लुकीछिपी बसेको छ भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरेर नियन्त्रणमा लियौं’ बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । उनलाई कानुनी प्रक्रिया पु¥याउन प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको छ ।

उक्त हत्या घटनामा तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गरेको प्रहरी अनुसन्धाननबाट खुलेको थियो ।

२०७० साउन २४ गते पक्राउ परेका सुनीललाई अदालतले जन्मकैदको सजाय सुनाएको छ भने विजय पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment