+

च्याम्पियन्स लिग : पीएसजीले पायो एटलान्टा प्रतिद्वन्द्वी

२०७७ असार  २६ गते १६:४३ २०७७ असार २६ गते १६:४३
च्याम्पियन्स लिग : पीएसजीले पायो एटलान्टा प्रतिद्वन्द्वी

२६ असार, काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिद्वन्द्वीमा एटलान्टालाई पाएको छ ।

शुक्रबार भएको ड्रमा फ्रान्सेली च्याम्पियन पीएसजीले इटालियन क्लब प्रतिद्वन्द्वी पाएको हो । यस्तै आरबी लिपिङले एथ्लेटिको मड्रिडसँग खेल्ने भएको छ ।

अन्तिम ८ मा पुग्न बाँकी टिमहरुको पनि क्वार्टरफाइनलको सम्भावित प्रतिद्वन्द्वी टुंगिएको छ ।

रियल मड्रिड र म्यानचेष्टर सिटीको विजेताले लियोन र युभेन्टसको विजेतासँग खेल्नेछ भने नापोली र बार्सिलोनाको विजेतो चेल्सी र बायर्न म्युनिखबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय