+

सागमा पदक जितेका खेलाडीलाई प्रदेश सरकारको सम्मान

२०७७ असार  ३१ गते १८:२४ २०७७ असार ३१ गते १८:२४
सागमा पदक जितेका खेलाडीलाई प्रदेश सरकारको सम्मान

३१ असार, विराटनगर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेका प्रदेश १ का खेलाडीलाई सरकारले सम्मान गरेको छ ।

१५ मंसिरदेखि २४ मंसिरसम्म नेपालमा सञ्चालन भएको सागमा पदक जितेका ८८ खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको हो ।

बुधबार खेलाडीलाई सम्मान गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । खेलकुद क्षेत्रले मुलुकको इज्जत प्रतिष्ठा, नामलाई शिखरको उचाइमा पुर्‍याउने बताउँदै उनले खेल क्षेत्र प्राथमिकतामा रहेको बताए ।

सागमा प्रदेश १ बाट स्वर्ण, रजत र कास्य पदक हात पार्ने ८८ जना खेलाडीलाई प्रदेश सरकारले नगद ८० लाख रुपैयाँसहित सम्मान गरेको हो ।

प्रदेश सरकारले खेल, इभेन्ट र सहभागिताका आधारमा सम्मानको रासी तोकेको थियो । भुटानलाई १ –२ गोलले पराजित गरेर स्वर्णपदक हात पारेको फुटबल टोलीका सदस्यलाई जनही ७५ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ । प्रदेशबाट फुटबलमा ८ जना खेलाडी सहभागि थिए ।

प्रदेश सरकारले स्वर्णपदक हात पार्ने एकलतर्फ ३ लाख रुपैयाँ, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । महिला फुटबलतर्फ रजत पदक हात पारेका ८ जना खेलाडीले जनही ६० हजार नगदसहित सम्मान गरेको छ ।

एकतर्फ स्वर्ण हात पार्ने ६, रजत पदक ४ र कास्यमा १० जनालाई सम्मान गरेको छ । टोलीतर्फ स्वर्ण १५, रजत २२ र कास्य जित्ने ४१ जनालाई प्रदेश सरकारले सम्मान गरेको हो ।

प्रदेश १ बाट सागमा खेलाडीले १० स्वर्ण, १० रजत र २९ कास्य गरी ४९ पदक दिलाएका थिए । सागमा नेपाल कुल २ सय ७ पदकसहित दोस्रो भएको थियो ।

खेलाडीलाई प्रदेश १ मा मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेरले सम्मान गरेका थिए ।

खेलाडी सम्मान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय