Comments Add Comment

कोरोना समुदायमा फैलिन थालेको संकेत देखियो : कांग्रेस

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी समुदायमा फैलिन थालेको संकेत देखिएको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेको छ ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले संक्रमण समुदायमा फैलिन थालेको प्रारम्भिक संकेत देखिन थालेको भन्दै क्वारेन्टिन केन्द्र तत्काल मापदण्डअनुसारको बनाउन र परीक्षणको दायरा बढाउन आग्रह गरेको छ ।

‘संक्रमण समुदायमा फैलन थालेको प्रारम्भिक संकेत देखिन थालेको छ । समुदायमा संक्रमण फैलदा ज्येष्ठ नागरिकहरुमा समेत फैलिएर मृत्युदर पनि बढ्ने विज्ञहरुको आंकलन छ’  का‌ंग्रेसको कोभिड-१९ को अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन् ।

कोरोना संक्रमण समुदायमा फैलिन नदिन समुदायमा गई ट्रेसिङ र ट्र्याकिङ गरी परीक्षणको दायरा बढाउनुपर्नेमा क्वारेन्टिनमा रहेकाहरुलाई मात्रै परीक्षण सीमित गरेको पाइएको समितिको प्रेस नोटमा उल्लेख गरिएको छ ।

क्वारेन्टिन केन्द्रहरुलाई सञ्चालन गर्न आवश्यक आर्थिक व्यवस्था, क्वारेन्टिन केन्द्रहरुमा रहेको चापका आधारमा केन्द्र र प्रदेशले तत्काल स्थानीय तहलाई बजेट निकासा गर्नुपर्ने कांग्रेसले बताएको छ । त्यस्तै पीसीआर परीक्षणको दायरा बढाउन र यसका लागि परीक्षण किटको समुचित व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

‘निजी क्षेत्रलाई परीक्षण किट र आयात गर्ने सुविधा देऊ, जहाँ धेरै संक्रमण छ, त्यही समुचित परीक्षण गर्ने व्यवस्था मिलाऊ र तत्काल नजिता प्रकाशित गर’ कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक महतले भनेका छन् ।

कांग्रेसले विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँ–गाउँमा रोजगारी सुनिश्चित गर्न न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

मौद्रिक नीतिमार्फत व्याजदर लगायत अन्य मौद्रिक उपायहरु प्रयोग गरी आहत भएका विभिन्न क्षेत्रका उद्योग व्यवसायलाई बैंकमार्फत व्याजमा राहत, सावा, व्याजको भुक्तानीमा थप समयको व्यवस्था गर्न पनि माग गरेको छ ।

विदेशबाट फर्कन चाहने श्रमिक, विद्यार्थीहरुलाई तत्काल चाटर्ड उडानको सट्टा नियमित उडानको व्यवस्था गर र फर्कने यात्रुहरुको अनिवार्य परीक्षण र आवश्यकता अनुसार मापदण्ड अनुरुपको क्वारेन्टिनमा राख्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment