+
+

बागलुङको आगाखेत–बामियाँ जोड्ने झोलुङ्गे पुल शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १०:५५

४ साउन, बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा झोलुङ्गे पुल शिलान्यास गरिएको छ । आगाखेत–बामियाँ जोड्ने झोलुङ्गे पुलको गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले शिलान्यास गरेका हुन् ।

गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजार रुपैयाँ बजेटमा ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

पुरानो पुल गत वर्ष वैशाखमा हुलुवा खोलामा आएको बाढीले बगाएपछि ओहोर–दोहोर गर्न समस्या भएको छ ।

झोलुङ्गे पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले गलकोट नगरपालिका बन्न लागेका पाँच वटा पुलमध्ये आगाखेत–बामिया जोड्ने झोलुङ्गे पुललाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?