
४ साउन, काठमाडौं । कास्कीको पोखरामा नवनिर्मित गण्डकी प्रदेश प्रहरी अस्पताल भवनको आइतबार उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोहबीच पोखरा महानगरपालिका–७ मुस्ताङ चोकमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै अर्यालले अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कुल २८ लाख २३ हजार ४ सय ४७ रुपैयाँ ५९ पैसा लागतमा उक्त अस्पताल भवनको निर्माण भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4