+
+

लकडाउनमा भारतबाट २८ नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १४:११

५ साउन, काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले लकडाउनको अवधिभर भारतबाट २८ जनालाई उद्दार गरिएको जनाएको छ । नेपालमै बेचबिखनमा परेका १३ जनालाई पनि उद्दार गरिएको छ ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको समन्वयमा ब्युरोले उनीहरुको उद्दार गरेको हो ।

उनका अनुसार भारतको दिल्लीमा ७ जना र मणिपुरबाट २१ जना नेपाली नगारिकको उद्दार गरिएको छ । ‘नेपालमा नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, चितवनमा २, कास्कीमा २, मकवानपुरमा १, बर्दियामा १ र बाँकेमा १ गरी जम्मा ४१ जनाको उद्दार गरिएको छ’, थपलियाले भने ।

उनका अनुसार पीडितको उद्दार गरी कानून बमोजिम कारबाही र अनुसन्धान भइरहेको छ ।

हेर्नुस् ब्युरोले सार्वजनिक गरेको सूची 

सि.न. उद्दार मिति उद्दार गरीएको ठाउ उद्दार संख्या महिला पुरुष कैफियत
२०७७/०२/२७ दिल्ली  
  मिति २०७६।११।२६ गते शिवरात्रिका दिन बर्ष १३की नावालिकालाई जि.काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाईदिने भनि फकाईफुलाइ भारतको ओसान भन्ने ठाउंमा लगि बेचिएको भनि निजको भाउजुले मिति २०७७/०२/१६ गते यस कार्यालयमा उद्दार गरिपाउ भनि निवेदन दिएको हुँदा निजनावालिकालाई मिती २०७७/०२/२९ गते भारतिय प्रहरीको समन्वयमा यस व्युरोले उद्दार गरेको र संलग्न २ जना प्रतिबादीहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरीएको र निज प्रतिबादीहरु हाल पुर्पक्षमा रहेको।
२०७७/०३/१७ दिल्ली  
मिती २०७७/०३/१७ गते को निवेदन अनुसार ६ जना महिलाहरुलई भारत देखी तेश्रो मुलुक कुवेत, ईराक र साउदीमा राम्रो काम लगाई दिने भनि बिभिन्न प्रलोभनमा पारी काठमाण्डौ, पोखरा, बुटवल, दाङ हुँदै नेपालगंज सिमानाबाट भारतको राजधानी दिल्ली शहरको बुरारी जोरदा भन्ने ठाउमा मार्च को १५ तारिखबाट एउटा घरको कोठामा राखी शारिरीक तथा मानसिक यातना दिएको भन्ने खबर प्राप्त हुना साथ तदनुसार ३० जुन २०२० का दिन दिल्लीमा रहेको सामाजिक संगठन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ति पुनर्स्थापना गृह संगको समन्वयमा यस व्युरोले उद्दार गरेको।

 

२०७७/०३/३० मनिपुर भारत २१ २१  
बिभिन्न समय र मितिमा भारत गएका २१ जना महिलाहरुलाई बिभिन्न संस्थाहरु र भारतस्थीत नेपाली रातदुतावाससंगको सहकार्यमा यस व्युरोले  मिती २०७६/०३/३१गते उद्दार गरी काठमाडौ ल्याएको र थप अनुसन्धान कार्य भैरहेको।
जम्मा     २८ २८  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?