+
+
Shares

नारायणीको बाढीले हात्तीको मूर्ति बगायो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १९:३४

५ साउन, काठमाडौं । नारायणी नदीमा आएको बाढीले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बनाइएको हात्तीको दुई वटा मूर्ति बगाएको छ ।

लगातारको वर्षाको कारण आएको बाढीले नारायणी नदी किनारमा रहेको दुई वटा मूर्ति सोमबार बगाएको हो । नदीमा पानीको बहाव बढेपछि दुवै मूर्तिलाई डोरीले बाँधेर राखिएको थियो । तर सोमबार अपरान्ह नदीको बहाव बढ्दै गएपछि एक घण्टाको फरकमा हात्तीको दुवै मूर्ति बगाएको हो ।

यसैबीच स्थानीयको सक्रियतामा बाढीले बगाएको हात्तीको दुवै मुर्ती नारायणी नदीबाट बाहिर निकाल्न सफल भएको छ । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार नारायणगढभन्दा दक्षिण पश्चिमका स्थानीयहरुले हात्तीको दुवै मुर्ती नदीबाट बाहिर निकालेका हुन् ।

नदीबाट निकालिएका दुवै मुर्तीलाई नारायणगढस्थित राममन्दिर परिसरमा राखिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?