Comments Add Comment

बक्राहा खोलाका कारण चार परिवार बिस्थापित, १५० परिवार जोखिममा

६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् ।

अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएको प्रहरीले जनाएको हो । बाढीसहितको खोलो गाउँ पसेका कारण विस्थापितलाई विद्यालयमा लगेर राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बक्राहाले बाध कटान गरेपछि सतर्कता अपनाइएको बताए । पानीको बहाव घटेका कारण तत्काललाई जोखिम केही कम भएको उनले बताए ।

कटान रोक्न स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले अस्थायी बाध बनाउने प्रयास गरेपनि सफल भएका छैनन् ।

बक्राहा खोलामा नदीको दायाँ बाया उत्तर दक्षिण बाँध बनाइएको छ । बाँध कटान गरेका कारण जोखिम स्थानीयलाई सतर्क रहन आग्रह गरिएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment