Comments Add Comment

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

६ साउन, काठमाडौं । गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् ।

यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् ।

मंगलबार बिहानै मात्रै गण्डकीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment