+
+

अपहरित भनिएका व्यक्ति युवतीसँग होटलमा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १४:३५

७ साउन, काठमाडौं । अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् ।

अपहरित भएको भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् । उनी पक्राउ परेपछि अपहरणको नाटक गरेको खुलेको छ र प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर ऋण लिएको रकम फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको पाइएको एसपी कार्कीले बताए ।

गलत सूचनाले प्रहरीलाई हैरानी र राज्यको स्रोत साधनको दुरुपयोग भएको भन्दै उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?