+
+
Shares

लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १७:५२

७ साउन, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले छापा मारेर कागजात जफत गरेको हो ।

आवश्यक कागजात नियन्त्रणमा लिएसँगै छानबिनको प्रक्रिया सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिष जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?