Comments Add Comment

महासंघको निर्वाचन सारेकामा ढकाल समूह असन्तुष्ट

९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले निर्वाचन सारेको ढकाल पक्षको आरोप छ ।

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !

प्रधान पक्षका उद्योगी–व्यवसायीहरुले भने कोरोना त्रास बाँकी रहेका कारण निर्वाचनको समय सार्नु परेको प्रतिक्रिया दिएका छन् ।

चुनाव सार्ने निर्णय कार्यसमिति बैठकले गर्नु पर्नेमा पदाधिकारी बैठकले गरिनु गलत भएको ढकाल समूहका एक नेताले बताए । पदाधिकारी बैठकले गलत निर्णय गरेको भन्दै उक्त समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन पाउने व्यवस्था अनुरुप आगामी अध्यक्ष शेखर गोल्छा बन्नेछन् । महासंघको आगामी अध्यक्ष गोल्छा भएपनि बाँकी पदहरुमा दुई समूह प्यानलसहित भिड्दैछन् ।

गोल्छापछि उद्योग बाणिज्य महासंघको अध्यक्ष हुन हाल वस्तुगत उपाध्यक्ष रहेका ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनले केहि साता अघि काठमाडौंमा कार्यक्रम नै आयोजना गरेर आफ्नो प्यानल घोषण गरेका छन् ।

ढकाल समूहबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र वस्तुगत उपाध्यक्षमा हालका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै उठ्ने भएका छन् । यो समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकालको वलियो साथ छ ।

उता हाल जिल्लानगर उपाध्यक्ष रहेका किशोर प्रधान पनि प्यानलसहित वरिष्ठ उपाध्यक्षमा भिड्दैछन् । यो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन् ।

यो समूहलाई निवर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छाको शुभेच्छा छ । भावी अध्यक्ष गोल्छा खुलेरै नलागेको भए पनि वलियो समर्थन रहेको प्रधान समूहको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment