Comments Add Comment

उद्योग वाणिज्य महासंघको चुनाव सर्ने पक्का

८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ । महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केहि पूर्व अध्यक्षहरु समेत सहभागी पदाधिकारी बैठबले तत्कालका लागि चुनाव स्थगित गर्ने निर्णय गरेको बताए । उनले सरकारले अहिले सभासम्मेलन, भोजभतेर लगायतका कार्यक्रमहरु गर्न रोक लगाएको कारण चुनाव सार्नु परेको बताए ।

साधारणसभा तोकिएकै मितिमा भए आफू महासंघको अध्यक्ष हुने भए पनि आफूलाई पदभार भन्दा पनि उद्योगी–व्यवसायीहरुको सुरक्षाको धेरै चिन्ता रहेको उनले बताए ।

उनका अनुसार अब सरकारले सभासम्मेलन खुला गर्ने निर्णय गरेको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको छ ।

पदाधिकारी बैठकले गरेको यो निर्णयको चन्द्र ढकाल समूहले भने विरोध गरेको छ । ढकालले तोकिएकै समयमा चुनाव नगरेर सारिनु गलत भएको बताए । ढकाल पक्षकै उपाध्यक्ष उमेशलाल श्रेष्ठले जिम्बेवारीबाट भाग्न चुनाव सारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment