+

इन्टर दोस्रो स्थानमा उक्लियो, लुकाकुको दुई गोल

२०७७ साउन  ११ गते ७:३४ २०७७ साउन ११ गते ७:३४
इन्टर दोस्रो स्थानमा उक्लियो, लुकाकुको दुई गोल

११ साउन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोल मद्दतमा जेनोअलाई पराजित गर्द इन्टर मिलान इटालियन सिरी एको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

इन्टरले जेनोअलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।

खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा एलक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । इन्जुरी टाइमा लुकाकुले गोल थपेपछि इन्टरले सहज जित हात पारेको हो ।

जितपछि ३६ खेलबाट ७६ अंक जोडेको इन्टर एटलान्टालाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ । लगातार नवौं पटक सिरी ए उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्स उपाधि जित्न अब एक खेल टाढा छ ।

इटालियन सिरी ए इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय