Comments Add Comment

ग्रासिया भ्यालेन्सियाको नयाँ प्रशिक्षक

१३ साउन, काठमाडौं । जाभी ग्रासिया स्पानिस क्लब भ्यालेन्सियाको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । भ्यालेन्सियाले सोमबार स्पानिस प्रशिक्षक ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

ला लिगाकै क्लब मालागा र प्रिमियर लिग क्लब वाटफोर्डका पूर्व प्रशिक्षक समेत रहेका ग्रासियाले भ्यालेन्सियासँग दुई वर्षे सम्झौता गरेका छन् । जसअनुसार ग्रासिया सन् २०२२ सम्म क्लबमा रहने छन् ।

ग्रासियाले भ्यालेन्सियासँग अनुबन्ध हुन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

ग्रासियाले गत सिजन वाटफोर्डकालाई ११औं स्था दिलाएका थिए र एफए कपको फाइनलमा समेत पुर्‍याएका थिए तर नयाँ सिजनमा खराब सुरुवात गरेपछि बर्खास्तमा परेका थिए ।

ग्रासियाले २०१४ देखि २०१६ सम्मा मालागाको प्रशिक्षण सम्हालेका थिए । त्यसअघि उनले काडिजलाई २००८-०९ मा सेकेण्ड डिभिजनबाट ला लिगामा बढुवा गर्न भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment