+
+
Shares

क्वारेन्टिन बसेका फरार अभियुक्त घर पुग्नेबित्तिकै पक्राउ

विकास मरहट्टा विकास मरहट्टा
२०७७ साउन १३ गते १९:२४

१३ साउन, गोरखा । दुई महिनाअघिको एक हत्यामा संलग्नको आरोप लागेका युवक गोरखाबाट पक्राउ परेका छन् ।

गत जेठ १० गते टोखा नगरपालिका– २ खेगल पाखामा मृत भेटिएका हालसम्म नाम नखुलेका २५/२६ वर्षका युवकको हत्यामा संलग्नको आरोप लागेका अजिरकोट गाउँपालिका–४ झ्याँवाका २२ वर्षका गोर्खे भनिने सुरज नेपाली साउन ११ गते घरबाटै पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

‘फरार प्रतिवादी रहेकाले पक्राउ गर्न भनी महानगरीय प्रहरी वित्त महाराजगञ्ज काठमाडौंबाट यही साउन ९ गते हामीलाई पत्र प्राप्त भयो,’ उनले भने, ‘सोही पत्रको आधारमा हामीले नेपालीलाई पक्राउ गरेर काठमाडौं पठाएका हौं ।’

घटनापछि करिब डेढ महिनापछि उनी असार २६ गते गाउँ आइपुगेका थिए । असार २४ गते भारतबाट आएको बताएपछि उनलाई गाउँपालिकाले नारी विकास महिला समूहको क्वारेन्टिनमा राखेको थियो ।

क्वारेन्टिन बसेको करिव ११ दिनपछि (साउन ४ गते) उनमा कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ पाइएपछि साउन ११ गते घर पठाइएको गाउँपालिका स्वास्थ्य शाखाकी सुजाता गुरुङले बताइन् । घर पुगेलगत्तै उनी पक्राउ परेका हुन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?