Comments Add Comment

अनिल गुरुङको प्रश्न : के नेपाली खेलाडी नराम्रै हुन त ?

१८ साउन काठमाडौं । नेपाली राष्ट्रिय पुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले नेपाली फुटबलको व्यवसायिकताबारे सामाजिक सञ्जाल फेसबकुमा एउटा स्ट्याटस पोष्ट गरेका छन् । उनले नेपाली फुटबलको व्यवसायिकतासँगै पारिश्रमिक र क्लबको बारेमा चर्चा गरेका छन् ।

नेपाली फुटबलको व्यवसायिक विकासबारे उनले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पूर्वाधार अभाव रहेको उल्लेख गर्दै गुरुङले फुटबल गतिविधिहरु विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन् ।

‘व्यवसायिक क्लब, ट्रेनिङ ग्राउण्ड, एकेडेमी, २५ हज़ार सिट क्षमता माथिको रंगशाला अनिवार्य जस्तै हो फुटबल क्लबका लागि तर एएफसीबाट धेरै पटक जरिमाना झेलेर नेपाली अमेच्यर फुटबल चलिरहेको छ । विकेन्द्रीकरण गर्नुपर्ने फुटबल टोली र प्रत्येक ज़िल्लालाई ज़िम्मा लगाउनु पर्ने क्लबहरू संघर्षरत छन् । १२ महिना खेल्न नपाउने तर १८ वटा खेलाड़ी पाल्नुपर्ने विचरा उपत्यकाको टोलहरूका क्लबसँग न्यायको आशा गर्ने खेलाडीलाई एएफसीले कागजी दबाब र हक माग्ने अधिकारचाहिँ दिएको छ । अब उनीहरुले आन्दोलन गरोस् कि ट्रेनिङ गरोस ?’ अनिलले लेखेका छन् ।

यस्तै उनले आफ्नो करिअरमा धेरै थोरै भए पनि खेल्न पाएको भन्दै नयाँ पुस्ताका खेलाडीहरुले त्यति पनि खेल्न नपाउलान कि भन्दै प्रश्न गरेका छन् । ‘मेरो साधारण करियरमा फुटबल न धेरै न थोरै खेल्न पाएँ, के नयाँ पुस्ताले त्यति पनि खेल्न पाउला तरु नभए त्यति धेरै अन्याय र संघर्ष गरिदिन मान्लान त ? एउटा राम्रो भारतीय फुटबलर ले १-५ करोड कमाइ गर्छन् वर्षमा, के नेपाली खेलाडी नराम्रै हुन त ?’

एक दशक राष्ट्रिय टिमबाट खेल्दै २०१७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल घरेलु लिगमा भने खेलिरहेका छन् । उनले पोखराको सहारा एकेडेमीबाट फुटबल करियर सुरु गर्दै ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज एनआरटी थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट समेत खेलिसकेका छन् ।

पछिल्लो सिजन भने उनले पुरानै क्लब ब्रिगेड ब्वाइजबाट खेलेका थिए । यस्तै अनिलले भारतीय क्लब सिलोङ लाजोङका लागि समेत खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment