+
+
Shares

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १७:००

१९ साउन, जनकपुरधाम । सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका-४ बस्ने ४० वर्षीया सन्जु देवी राम रहेकी छन् ।

प्रहरीका अनुसार हरिपुर नगरपालिका-४ हरैयास्थित मलंगवा-नवलपुर सडकखण्डमा श्रीमान नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् । घाइते सन्जुलाई उपचारका लागि वीरगंज पठाउने क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?