+
+

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १५:१५
फाइल तस्वीर

२० साउन, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार राति करिब १ बजे कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएर उनी उपचारका लागि सोमबार राति कोशी अस्पताल आइपुगेका थिए ।

न्यौपानेको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि मृतकका आफन्तले विराट मेडिकल कलेज विराटनगर ल्याएका थिए । तर विराटले भर्ना गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा आइसोलेनमा भर्ना गर्ने क्रममा मृत्यु भएपछि आइसोलेसनमा शव राखेर कोरोना जाँचका लागि नमुना संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?