+
+

अनशनकारीको जायज मागप्रति जसपाको ऐक्यबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १८:४३
फाइल तस्वीर

२० साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ‘इनफ इज इनफ’ अभियन्ताले राखेका जायज माग अविलम्बन पुरा गर्न माग गरेको छ ।

सरकारले कोभिड–१९ को सबल व्यवस्थापन लगायतका अभियन्ताहरूसँग गरेको १४ बुँदे सहमति पुरा गर्नुपर्नेमा उसको जोड छ ।

‘इनफ इज इनफले उठाएका जायज मागहरू अविलम्ब पूरा गरी देशको विग्रदो अवस्थामा सुधार ल्याउन अल्पकालिन र दीर्घकालीन योजना बनाई उचीत व्यवस्थापन एवम् कदम उठाउन पनि जनता समाजवादी पार्टी सरकारसँग जोडदार माग गर्दछ’ जसपाद्वारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।

जसपाले अनसन बसेका अभियन्ताको स्वास्थ्य परीक्षण र उपचार गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?