
२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4