+
+

जापानको ऐची प्रान्तमा आपतकाल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १२:४०

२२ साउन, काठमाडौं । जापानको ऐची प्रान्तमा आपतकाल घोषणा गरिएको छ । ऐचीका गभर्नर हिडेअकी ओहमुराले प्रान्तमा आपतकालको घोषणा गर्दै मानिसहरुलाई रातको समयमा घरमा नै बस्न र व्यवसायहरुलाई पनि एकसाथ वा छिटै नै बन्द गर्न आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणको लागि ऐचीले यस्तो निर्णय गरेको हो ।

अहिले गरिएको घोषणाअनुसारको आपतकाल अगस्ट २४ सम्म जारी रहनेछ । गभर्नर ओहमुराले कोरोना भाइरसका नयाँ संक्रमित जुलाई मध्यदेखि निरन्तर दैनिक एक सय वा सोभन्दा धेरै संख्यामा बढिरहेको उल्लेख गरे । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको नियन्त्रणमा जापान सुरुवातमा एक सफल मुलुकको रुपमा देखिएको थियो । तर, अहिले दैनिक एक हजारभन्दा धेरै नयाँ संक्रमित भेटिन थालिसकेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म जापानमा कोरोना भाइरसका ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै कोरोना भाइरसको कारण एक हजार २८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?