Comments Add Comment

प्रदेश ५ का आन्तरिक मामिलामन्त्री आइसोलेसनमा

फाइल तस्वीर

२३ साउन, बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् ।

प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी केही दिन पहिले संघीय राजधानी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए ।

मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।

केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजेटिभ आए मुख्यमन्त्री,सबै मन्त्री,मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबैजना आइसोलेसनमा बस्ने सामाजिक विकास मन्त्री बरालले बताए ।

यसैैबीच प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको एक महाशाखा प्रमुखलाईर् समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका उच्च अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुुरु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment