+
+
Shares

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २४ गते ७:२४

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी सातै जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको क्लोज कन्ट्याक्टमा परेपछि स्वाब लिएर कोरोना परीक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?