
२५ साउन, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका ४९ लाख ९७ हजार ९२९ संक्रमित फेला परेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिका संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको कारण आफ्नो रोजगारी गुमाउने लाखौं अमेरिकी मानिसहरुलाई बेरोजगारी भत्ता दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसको महामारीको कारण अमेरिकामा धेरै मानिसहरु बेरोजगारीको शिकार भएका छन् । गत साता यो राहत प्याकेजको विषयमा डेमोक्रेट्स र ह्वाइट हाउसबीच कोरोना भाइरसको कारण प्रभावित बनेका मानिसहरुलाई कस्तो किसिमको राहत दिने भन्नेबारे छलफल भएको थियो । यद्यपि छलफलमा सहमति भने जुट्न सकेको थिएन ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4