+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
४२ बलमा २६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
95/0 (12.6)
Shares

गाँजासहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १३:२८

२७ साउन, जनकपुरधाम । लागूऔषध गाँजासहित सर्लाही प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई २० किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ वर्षीय रवीन्द्र लामा छन् ।

सेतो बोराभित्र रातो घर्के गम्छामा बाँधेर गाँजा बोकेर पैदल हिंडिरहेकाे अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?