Comments Add Comment

रोनाल्डोलाई बार्सिलोनाको प्रस्ताव !

२९ साउन काठमाडौं । युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पानिस क्लब बार्सिलोनाले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

स्पानिस अनलाइन मार्का अनुसार स्काई स्पोर्ट्सका पत्रकार गुइलेम बालागले बार्सिलोनाले रोनाल्डोलाई अफर गरेको जनाएको छ ।

इटालियन कप र च्याम्पियन्स लिगको हारले गर्दा रोनाल्डोको भविष्य के हुने भन्ने भइरहेको बेला बार्सिलोनाले उनलाई प्रस्ताव गरेको खबर बाहिर आएको हो ।

यस्तै युभेन्ट्समा रोनाल्डोको तलब पनि महँगो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युभेन्ट्स रोनाल्डोको तलब पनि घटाउने तयारीमा छन । युभेन्ट्सले लगातार नवौं पटक सिरी ए उपाधि जिते पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब लियोनसँग अवे गोलका आधारमा पराजित हुँदै बाहिरिएको हो ।

रोनाल्डो २०१९-२० सिजन युभेन्ट्सका लागि ३५ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment