Comments Add Comment

कोभिड १९ का बिरामीको उपचारका लागि जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन माग

३० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ ।

हाल बन्द रहेको उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग वडा कार्यालयले आग्रह गरेको छ ।

वडाध्यक्ष मुकुन्द रिजालले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन गर्दा कुनै समस्या उत्पन्न भएमा वडा कारार्यालय र महानगरले आवश्यक सहयोग गर्ने बताएका छन् ।

काठमाडौंमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेका कारण भोलिका दिनमा संक्रमितहरुको उपचारमा कठिन हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका कार्यालय, महानगरीय प्रहरी वृत बालाजु र महानगरीय प्रहरी वृत सोह्रखुट्टेसँग पनि वडाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment