+

१३औं सागको खेल सामग्री खरिदबारे छानबिन गर्न मन्त्रीको निर्देशन

२०७७ साउन  ३० गते १७:५० २०७७ साउन ३० गते १७:५०
१३औं सागको खेल सामग्री खरिदबारे छानबिन गर्न मन्त्रीको निर्देशन

३० साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३औं दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न खेलको सामान खरिदमा भएको अनियमितताको आवश्यक छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छ ।

मन्त्रालयमा शुक्रबार बसेको राखेपका पदाधिकारीको बैठकमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडी लागि खरिद गरिएको जुत्ता, म्याटलगायतका आधारभुत सामग्रीको दाखिला तथा वितरणमा भएको भनिएको अनियमितताको छानबिन गरी दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका हुन् ।

यस्तै, बैठकमा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुद क्षेत्रमा सुशासन कायम राख्न अबलम्बन गर्नुपर्ने संरचनागत र संस्थागत सुधारको कार्ययोजना बनाउन राखेपलाई निर्देशन दिएका छन् ।

यस्तै, बैठकमा राखेपको ५७औं दिवस मनाउने सन्दर्भमा समेत निर्णय भएको छ । अहिलेको अवस्थामा नेपाल सरकार मन्त्रिपरिषदको पछिल्लो निर्णय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डलाई दृष्टिगत गरी खेलकुदको क्षेत्रमा हालसम्म भएका अभ्यास, उपलब्धि, खेलकुद क्षेत्रलाई थप व्यवसायिक बनाउन गर्नुपर्ने सुधारका योजना एवं प्रतिबद्धता व्यक्त हुने किसिमबाट सूचना प्रविधिको अधिकतम उपयोग हुने गरी तयारी गर्न परिषदमा लेखी पठाउने निर्णय भएको ।

खेल सामग्री १३औं साग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय