+
+
Shares

भैरहवामा भदौ ५ सम्म लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १८:०६

३० साउन, बुटवल । सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरु मात्र सञ्चालन हुने नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए ।

खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थहरुको बिक्री वितरण आवश्यक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र सांझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरुले कम भन्दा कम कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्ने र काउण्टर सर्भिसहरु बन्द हुने नगरप्रमुख अधिकारीले बताए ।

लकडाउनको अवधिमा सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधनहरु नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोड/अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाइ सुरक्षाकर्मीको रोहबरमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म मात्र गर्ने पाउनेछन् ।

सिद्धार्थनगर क्षेत्रभित्रका नापी, मालपोत, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयहरु सम्बन्धित कार्यालय प्रमुखहरुले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारीहरु मात्र उपस्थित हुने गरी व्यवस्थापन मिलाइने नगरप्रमुख अधिकारीले जानकारी दिए ।

त्यस्तै लकडाउनको अवधिमा ठेला, साइकल जस्ता साधन प्रयोग गरी कुनै पनि व्यापार गर्न नपाइने तथा फुटपाथ, सडकपेटी, मायादेवी लगायतका हाटबजारमा कुनै पनि वस्तु वा सेवा बिक्री गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?