Comments Add Comment

इल्ताफको बयान– झोलामा सुन र हतियार छ भन्ने थाहै थिएन

३० साउन, काठमाडौं । पन्ध्र किलो सुनचाँदी तस्करी प्रकरणमा पक्राउ परेका इल्ताफ हुसेन अन्सारीले प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । पर्साबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनले सुन तस्करी प्रकरणमा संलग्नता अस्वीकार गरेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए अनुसार इल्ताफले बाराबाट काठमाडौंसम्म आउन गाडी मात्र सहयोग गरेको बताएका छन् ।

‘बा ६ च ५५१९ नम्बरको गाडीमा दुई जनालाई वीरगञ्जसम्म लान सहयोग मात्र गरेको हुँ’, इल्ताफले भनेका छन्, ‘त्यसबाहेक मलाई केही पनि थाहा छैन ।’

स्रोतका अनुसार उनले गाडीमा १६ किलो सुनचाँदी र हतियार भएको पनि थाहा नभएको बताएका छन् । प्रहरीले १३ साउनमा सुन्धाराबाट १५ किलो सुनचाँदी बरामद गरेको थियो भने एक किलो प्रहरी जवानले लुकाएको अवस्थामा भेटिएको थियो । घटनामा प्रहरीको संलग्नता पुष्टि भएपछि प्रकरण चर्चामा आएको थियो ।

‘गाडीमा निलेश सखिया अगाडि, सञ्जय पटेल पछाडि थियो । उसको हातमा झोला थियो’, इल्ताफको भनाइ उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘प्रहरीले पछ्याउन थालेपछि मात्र झोलामा सामान छ भनेर सञ्जयले भनेको थियो ।’

प्रहरीले पछ्याएको थाहा पाएपछि एक जना झोला लिएर ओर्लिने कुरा भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘सुरुमा सञ्जयलाई झर्न भनिए पनि पछि उसले निलेशलाई झोला दिएर गाडीबाट ओरालेको थियो ।’ अनुसन्धान अधिकृतका अुनसार त्यसपछि दरबारमार्ग प्रहरी बृत्तका प्रहरी जवान बहादुरसिंह कडायतले उनलाई समातेका थिए भने एक किलो सुन जस्तो देखिने धातु लुकाएर उनलाई छुटाएका थिए । बाँकी १५ किलो सुनचाँदी बरामद भएको रिपोर्टिङ गरेका थिए ।

इल्ताफले बयानमा १२ साउनमा फोनमा आफूलाई ‘तिम्रो गाडीमा विरगञ्ज जाउँ भनिएको’ सुनाएका छन् । उनले नख्खिपोटबाट १३ साउनमा बिहान निस्किएको भनेका छन् ।

बयानमा भनिए अनुसार उनले सञ्जयलाई एक वर्ष अघि नै चिनेका थिए भने निलेशलाई लकडाउन हुनु केही दिन अघि न्यूरोडमा चिनेका थिए । यद्यपि, दुवैबीच त्यति धेरै सम्बन्ध भने नभएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

स्रोतका अनुसार देवान पटेल र कौशल पटेललाई भने आफूले नचिन्ने उनले बताएका छन् । इल्ताफविरुद्ध संगठित अपराध एवं हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा म्याद मिलान गरेर विस्तृत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

बाराको जितपुर–२४, हरपुरका इल्ताफ नक्कली भारतीय नोट कारोबारमा पटकपटक मुछिने व्यक्ति हुन् । उनी पछिल्लो पटक ०७२ सालमा नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका थिए । जसमा तीन वर्ष नख्खु कारागारमा जेल सजाय भुक्तान गरेर इल्ताफ छुटेका थिए ।

त्यसअघि ०६८ सालमा बानेश्वरमा अर्का समूहका नक्कली नोट कारोबारी बलराम पटुवारको हत्यामा पनि उनी जोडिएका थिए । प्रकरणमा दुई वर्ष तीन महिना जेल बसेपछि पुनरावेदन अदालतले उनलाई सफाइ दिएको थियो ।

उनी नेपाल, भारत र पाकिस्तान तीन वटै मुलुकका सुरक्षा अधिकृतका लागि सुराकी समेत थिए । डबल एजेन्ट भएको थाहा पाएपछि पछिल्लो समय भारतबाट उनलाई थ्रेट रहेको अन्तरदेशीय अपराधका जानकारहरुको दाबी छ ।

यो पनि पढ्नुहोस डबल एजेन्ट इल्ताफको सुनमा ‘अपत्यारिलो कनेक्सन’ !

थप समाचार

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ

१५ किलो सुनचाँदी प्रकरण : निर्दोष देखिएपछि एकजना छुटे

सुनकाण्ड : छानविन समितिले कारबाही सिफारिसविनै बुझायो प्रतिवेदन

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप

सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

सुन प्रकरण : एक किलो सुन जस्तो देखिने धातु बरामद

दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment