+
+

नेकपा प्रवक्ताको प्रश्न : लिदी पहिरोको जिम्मेवारी कसले लिने ?

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते २१:५५

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सिन्धुपाल्चोकको लिदीबासीलाई समयमै स्थानान्तरण नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

बस्ती सारेर जोखिमबाट बताउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालिसकेको र जनताले पनि त्यही माग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘पहिरोले गाउँ नै बगाएर भएको जनधनको क्षतिको जिम्मेवारी कसले लिने ?

उद्दार, राहत र कथित क्षतिपूर्तिमा मात्र सिमित भएर नपुग्ने भन्दै उनले अनुसन्धान गरेर कारबाही गर्न माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, यो बिना फोस्रा श्रद्धान्जली र समवेदनाको अर्थ रहने छैन ।’

उनले तत्काल गम्भीर कदम चाल्न समेत सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?