+

प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने

२०७७ साउन  ३२ गते १२:२५ २०७७ साउन ३२ गते १२:२५
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने

३२ साउन, जनकपुरधाम । प्रदेश २ को क्रिकेट संघले प्रदेशभित्रका आफ्ना सबै क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ । आइतबार संघले आयोजना गरेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको संघका प्रदेश सचिव आयूष श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट बच्नका लागि सम्पूर्ण खेलाडीलाई सुरक्षा उपायबारे जनचेतना जगाउँदै प्रदेशका नियमित पुरुष तथा महिला खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरिएको उनले बताए । यसका निम्ति प्रदेशका आठ वटै जिल्लाका क्रिकेट संघलाई निर्देशन दिने निर्णय भएको सचिव श्रेष्ठले बताए ।

कोरोनाको सन्त्रास सकिएर यातायात सन्चालनमा आउनासाथ प्रदेशस्तरीय अम्पाएर स्कोरिङ तालिम आयोजना गर्ने निर्णय पनि गरिएको छ । यो जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने निर्णय भएको श्रेष्ठले बताए ।

संघले प्रदेशका न्यून आय भएका तथा कोभिडका कारणले जीविकोपार्जन गर्न कठिनाइ भएका खेलाडीको नामावली संकलन गरी प्रदेश समितिमा पेश गर्ने जिम्मेवारी सदस्य सुभाष जयसवाललाई दिइएको छ ।

हाल दुवै मिर्गाैला खराब भएका तथा कोरोनाबाट समेत संक्रमित खेलाडि कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै उनको मिर्गाैला प्रत्यारोपणको लागि थप सहयोगको लागि सबैसँग आग्रह पनि गरिएको श्रेष्ठले बताए ।

कोरोना बिमा कोरोना भाइरस क्रिकेट खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय