३२ साउन, काठमाडौं । नेपाली तेक्वान्दो संघले तेक्वान्दो राष्ट्रिय खेलाडीहरुको कोरोना भाइरस (कोभिड-१९) बिमा गर्ने भएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल तेक्वान्दो संघको निर्णयअनुसार राष्ट्रिय तेवान्दो खेलाडिको कोरोना बिमा गरिदिने जनाएको छ ।
यस्तै बिमा गर्नका लागि संघले खेलाडीहरुलाई नागरिकताको प्रति र एकजना परस्ताव गर्ने व्यक्तिको नामसमेत चाहिने जनाएको छ । उक्त कागजपत्र संघको इमेलमा पठाउनसमेत भनिएको छ । सबै डकुमेन्ट सूचना प्रकाशित भएको २४ घण्टाभित्र पठाउन संघले भनेको छ ।
संघको कार्यलयमा प्रवेश निषेध
यस्तै संघले कोभिड-१९ महामारीका कारण भदौ १ देखि १५ गतेसम्म संघ अन्तर्गतका सचिवालयका सेवाहरु टेलिफो वा इमेलबाट लिन सकिने जनाएको छ । संघको कार्यालयमा सबैलाई प्रवेश निशेष गरिएको र सचिवालयको जानकारीहरु टेलिफोन र इमेलबाट लिन संघले आग्रह गरेको छ ।
यस्तै संघले जोड दिनमा कार्यक्रम शाखा अन्तर्राष्ट्रिय शाखा र लेखा शाखाको सेवा उपलब्ध हुने जनाएको छ । यस्तै बिजोड दिनमा ग्रेडिङ शाखा शान्तरिक व्यवस्थापन शाखा समन्वय शाखा र लेखा शाखाको सेवाको उपलब्ध हुनेछ ।
यस्तै कोरोड-१९ कै कारण उत्पन्न भएको समस्यालाई ध्यानमा राख्दै संघले संघ अन्तर्गत रहेका तेक्वान्दो निर्णायकहरुको नवीकरण गर्ने मिति भदौ १४ गतेसम्को लागि थप गरिएको जनाएको छ । नवीकरणका लागि सब सेवाहरु अनलाइन र मोबाइल बैंकिङमार्फत गर्नसमेत संघले अनुरोघ गरेको छ ।
प्रतिक्रिया 4