+
+

धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १५:३०

३२ साउन, जनकपुरधामा । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । ४३ वर्षीय पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो ।

परिवारले शव लिएर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

ज्वरो र रुघाखोकीबाट ग्रसित ती युवकलाई उपचारका लागि ल्याइएको थियो । यससँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?