+
+
Shares

अछाममा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १७:२६

३२ साउन, काठमाडौं । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?