Comments Add Comment

लकडाउनले मानिसलाई अल्छी बनाएको त छैन ?

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन शुरु गर्दा नै शार रिडको स्वास्थ्य अवस्था राम्रो थिएन । उनी हालै मात्र बेलायतको एक नयाँ सहर पुगेकी थिइन् । उनी यो सहरमा वकिलको तालिमको लागि पुगेकी थिइन् । उनको घरमा उनको परिवार दुई साथीहरु बन्न पुगेका थिए ।

दमको रोगीसमेत रहेकी रिडले आफूलाई लकडाउनको समयमा बचाउनुपर्ने चुनौतीको सामना गर्नुप¥यो । उनी आफूले सो क्रममा हताश, एक्लो र समस्याले घेरिएको महसुस गरेको बताउँछिन् । उनी भन्छिन्, ‘म बाहिर जान चाहँदैनथेँ । यो क्रममा मैले केवल नेटफ्लिक्स हेरेर दिन कटाएँ ।’

उनी भन्छिन्, ‘मेरो स्टेप काउन्ट (दैनिक हिँडाइ) निकै मा थियो । म एक दिनमा करिब दुई हजार पाइला मात्र हिँडिरहेको थिएँ ।’

यद्यपि मानिसको फिनेसको मापनको लागि पाइला गन्ने काम निकै विवादित रहँदै आएको छ । साथै पछिल्लो एक अध्ययनले पनि अभ्यास गर्ने तीव्रता पाइलाको संख्याभन्दा पनि निकै महत्वपूर्ण हुने बताइने गरिएको छ । तर पनि धेरै पाइला हिँड्दा मानिसको स्वास्थ्य राम्रो हुन्छ भन्ने अध्ययनले देखाएको छ ।

३० वर्षीया शार यस किसिमको आलसी व्यवहारको सामना गर्ने एक उदाहरण मात्र हुन् र विशेषज्ञहरुका अनुसार विश्वभर कोरोना भाइरसको महामारीको कारण चलेको लकडाउनमा धेरै मानिसहरु यसको शिकार भइरहेका छन् ।

अभ्यासमा कमी

अहिलेसम्मको सबैभन्दा व्यापक सर्वेमा एक्टिभिटी ट्र्याकर बनाउने कम्पनी फिटबिटले विश्वभरका ४० लाख प्रयोगकर्ताको शारीरिक गतिविधिको डेटाको विश्लेषण गरेको छ । यो डेटा गत मार्च र जुन दुई महिनामा लिइएको थियो । यो विश्लेषणमा लकडाउनको क्रममा मानिसहरुको हिँडाइ सन् २०१९ को सोही महिनामा हिँडेको भन्दा निकै कम थियो ।

जुन महिनामा लकडाउन खुकुलो पारिएका स्थानमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा मानिसहरुको हिँडाइ निकै कम देखिएको थियो । सबै उमेरसमुहमा गरिएको सर्वेक्षणमा १८ देखि २९ वर्ष उमेर समुहका मानिसहरुको गतिविधिमा निकै कमी आएको थियो ।

ब्रिटिश सोसाइटी अफ लाइफस्टाइल मेडिसिनका निर्देशक पूनम कृषण भन्छन्, ‘धेरै तनावले हाम्रो निद्रामा पनि नराम्रो असर पार्छ । जसको कारण थकान बढी हुन्छ । हाम्रो ऊर्जाको क्षमता पनि कम हुँदै जान्छ र शारीरिक अभ्यास गर्ने इच्छा पनि घट्दै जान्छ ।’

उनी भन्छन्, ‘हामी अभ्यास गर्दैनौं भने हामीले गलत खानेकुराको छनोट गर्छौं जसले हाम्रो शरीरमा नकारात्मक असर पु¥याउँछ र हाम्रो शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्य पनि नराम्रो हुँदै जान्छ ।’

रोग बढ्ने जोखिम

डाक्टर कृषण फिटनेस लेभलमा ठूलो कमी आउँदा गम्भीर रोगहरु बढ्नसक्ने बताउँछन् । जसमा मोटोपना र मुटुको समस्या पनि सामेल छ ।

यसका साथै केही रोग यस्ता पनि छन्, जुन कोरोना भाइरसको सबैभन्दा धेरै जोखिममा छन् । समग्र विश्वभर कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको  प्रतिवेदन आइरहेको समयमा यसले चिन्ता अझै बढाएको छ ।

केही मुलुकमा लकडाउनको कारण त्यहाँका मानिसहरुको मोटापना बढेको पाइएको छ । उदाहरणको लागि ब्राजिलको उक विश्वविद्यालयले गरेको सर्वेक्षणमा महामारीको क्रममा १० मध्ये चार जनाको वजन बढेको पाइएको थियो ।

इटाली, फ्रान्स, बेलायत र इजरायल पनि लकडाउनको क्रममा मानिसको वजन बढेको मुलुकमा पर्छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यस विषयमा चिन्ता व्यक्त गरेको छ ।

मेक्सिकोमा सतर्कता

सर्वेक्षणमा मानिसहरुको हिँडाइमा सबैभन्दा धेरै गिरावट आएको मुलुकको शीर्ष १० मा समावेश मुलुक मेक्सिको पनि हो । यो मुलुकमा गत जुन महिनामा मानिसहरुको हिँडाइ अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ८० प्रतिशत घटेको थियो । अहिलेमेक्सिको कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेको मुलुकको सूचीमा पनि तेस्रो स्थानमा छ ।

मेक्सिकोमा मृत्यु हुनेमा पनि ७० प्रतिशत मानिसमा अत्यधिक तनाव, मधुमेह वा मोटोपनाजस्ता रोग देखिएका थिए । बालबालिकामा देखिएको संक्रमण र मृत्युप्रति विशेष चिन्ता व्यक्त गरिएको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार १२ अप्रिलदेखि ८ जुनको बीचमा मेक्सिकोको दैनिक नयाँ संक्रमण ८४ बाट बढेर दुई हजार ६०० पुगेको थियो ।

युनिसेफले मेक्सिकोको आठ हजार १३ देखि ३० वर्षका मानिसहरुमा गरेको सर्वेक्षणमा करिब आधा मानिसले महामारीको कारण आफ्नो शारीरिक अभ्यास घटाएका थिए । युनिसेफका पोषणविशेषज्ञ माउरो ब्रेरो भन्छन्, ‘उनीहरुमध्ये धेरै विद्यालय गएका छैनन् वा आफ्नो घरबाट बाहिर निस्किन डराइरहेका छन् ।’

फिटबिटको अध्ययनबाट पूर्णरुपमा लकडाउन गरिएको मुलुकमा हिँडाइमा पनि उल्लेख्य कमी आएको छ । जापानमा पनि यस वर्ष शारीरिक गतिविधिमा कमी आएको छ । मानिसहरु आफ्नो तालिकालाई कायम राख्दा असुरक्षित महसुस गर्न थालेकाले उनीहरुको शारीरिक अभ्यासमा पनि कमी आएको हो ।

सक्रियतामा कमी

मानिसहरुले लकडाउनको कारण आफ्नो सक्रियता पनि घटाएका छन् ।  साथै मानिसहरुले एकअर्कालाई सक्रियता बढाउनका लागि पनि प्रोत्साहन गरेका छैनन् । युनिभर्सिटी अफ लण्डनले गरेको एक सर्वेक्षणको क्रममा ६० प्रतिशत मानिसले आफ्ना शारीरिक गतिविधिलाई कायम राख्न सफल भएको बताएका थिए । करिब २५ प्रतिशतले आफ्नो शारीरिक गतिविधिमा कमी आएको बताएका थिए । यसअघि नै रोगको शिकार बनिसकेका मानिसहरुले पनि आफ्नो शारीरिक गतिविधिको सक्रियता घटाएका छन् ।

फिटनेसमा फर्किनु सजिलो छैन

लकडाउनको निष्क्रियताबाट बाहिर आउनु त्यति सजिलो भने पक्कै पनि छैन । जोहान्सवर्गको तेक्वान्दो शिक्षक अबुनेग सेकग्वेलीया भन्छिन्, ‘यो अवस्थामा मानिसलाई आफ्नो जोश गुमाउन निकै सजिलो हुन्छ । उनीहरु मानसिक रुपमा पनि ठीक छैनन् ।’

शारले पनि आफ्नो गतिविधिमा पनि चिन्तन गरिन् र यसमा परिवर्तन गर्ने निर्णय गरिन् । उनले ब्रिटिह फिटनेस गुरुको युट्युब कक्षा लिइन् र आफ्नो घर वरपरको क्षेत्रमा घुम्न जान थालिन् । उनी भन्छिन्, ‘मेरा धेरै साथीहरु लकडाउनको समयमा खानपानमा व्यस्त थिए । तर, मलाई भने दमको कारण आफैंलाई सुरक्षित राख्नुपर्ने चुनौती थियो ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment