+
+
Shares

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १४:१९

१ भदौ, जनकपुरधाम । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु  भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?