Comments Add Comment

सार्वजनिक ऋणको सावाँ-ब्याज भुक्तानीमा ८३ अर्ब ५९ करोड खर्च

१ भदौ, काठमाडौं । नेपालले एक वर्षको अवधिमा आन्तरिक र बाहृय ऋणको ब्याज तथा साँवा भुक्तानीमा कुल ८३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये साँवा भुक्तानीमा ५७ अर्ब ५३ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले एक वर्षको अवधिमा वैदेशिक ऋणको सावा र ब्याज भुक्तानीमा करीव २९ अर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ वैदेशिक ऋणको साँवा र ऋण भुक्तानीका खर्च भएको हो ।

यस अवधिमा सरकारले आन्तरिक ऋणतर्फ भने २० अर्ब ८२ करोड २५ लाख रुपैयाँ ब्याज तिरेको छ । आन्तरिक ऋणको साँवा भुक्तानीमा भने यो वर्ष ३३ अर्ब ९७ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको महालेखाको तथ्यांकले देखाएको छ ।

एक वर्षमा कसको कति ब्याज भुक्तानी ?

  • जापान : ९ करोड ३७ लाख
  • कुवेत : १ करोड ६७ लाख
  • साउदी अरव : १ करोड ९८ लाख
  • फ्रान्स : ३९ लाख
  • थप व्यवस्था वैदेशिक : ७१ करोड ७६ लाख
  • एडीबी : १ अर्ब ७९ करोड ८ लाख
  • आइडीए : २ अर्ब २५ करोड ७६ लाख
  • ओपेक : १६ करोड ३३ लाख
  • ईईसी : १० लाख ३१ हजार
  • आइफाड : ७ करोड ४२ लाख
  • एनडीएफ : १ करोड ६२ लाख
  • एआईबी : ८ करोड ४० लाख
  • कसको कति साँवा भुक्तानी ?
  • जापान : १ अर्ब २० करोड
  • कुवेत : ३ करोड ४९ लाख
  • साउदी : ३७ करोड ११ लाख
  • फ्रान्स : ५ करोड ९९ लाख
  • बेल्जियम : ६ करोड ७९ लाख
  • अष्ट्रिया : १ करोड ७६ लाख
  • थप व्यवस्था : २ अर्ब ९४ करोड ७० लाख
  • एडीबी : १० अर्ब ८३ करोड ७५ लाख
  • आइडीए : ६ अर्ब ७३ करोड २० लाख
  • ओपेक : ८२ करोड ८५ लाख
  • ईईसी : १ करोड ३४ लाख
  • आईफाड : ३३ करोड १६ लाख
  • एनडीएफ : ११ करोड २९ लाख

१४ खर्ब नाघ्यो कुल सार्वजनिक ऋण

महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७६/७७ को अन्तिमसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण भने १४ खर्ब १९ अर्ब नाघेको छ ।

चालु आवमा मात्र नेपालको सार्वजनिक ऋण १८.७३ प्रतिशतले वृद्धि भएको छ । अहिले नेपालको बाहृय ऋण ८ खर्ब ५ अर्ब रुपैयाँ र आन्तरिक ऋण ६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा कुल सार्वजनिक ऋण २ खर्ब २९ अर्बले वृद्धि भएको छ ।

यो अंक सरकारले एक वर्षमा तिरेको ८३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ खर्च घटाए पछिको अंक हो । एक वर्षको अवधिमा तिरेको ऋणबाहेक ९१ अर्ब रुपैयाँ बाहृय ऋण र १ खर्ब ३२ अर्ब रुपैयाँ आन्तरिक ऋण थप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment