+
+

भिक्टोरियामा अधिकांश संक्रमण होटल क्वारेन्टिनबाटै

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते ११:४१

२ भदौ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकांश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण होटल क्वारेन्टिनबाटै फैलिएको पाइएको छ ।

सोधपुछको क्रममा क्वारेन्टिन होटलका सुरक्षा गार्डहरुलाई पनि सही तालिम नदिइएको पाइएको हो ।

अष्ट्र्लियाका सञ्चारमाध्यमहरुका अनुसार सुरक्षा गार्डहरुलाई मास्क लगाउन अनिवार्य गरिएको थियो तर अन्य सुरक्षाको सतर्कता भने गराइएको थिएन ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै अहिले भिक्टोरिया लकडाउनको क्रममा छ । अगष्ट २ मा मेलबर्नमा कडा लकडाउन घोषणा गरिएको थियो । यो लकडाउन ६ सातासम्म कायम रहने बताएको छ ।

सोमबार मात्र भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भएको र २८२ नयाँ संक्रमित फेला परेको बताएको थियो । मृत्यु हुनेको यो संख्या महामारी शुरु भएयता सबैभन्दा धेरै हो ।

मार्चको अन्तिममा भिक्टोरिया सरकारले बाहिरबाट आउने सबैलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरेको थियो । तर, क्वारेन्टिनका लागि तोकिएका होटलबाटै भिक्टोरियामा कोरोना भाइरस संक्रमण फैलिएको थियो ।

मेलवर्नमा रहेको संक्रामक रोग केन्द्र डोहर्टी इन्स्टिच्युटका निर्देशक प्राध्यापक बेन हाउडेनले जुलाईको अन्तिमसम्ममा भिक्टोरियाका होटल क्वारेन्टिन प्रणालीको विषयमा गरिएको सोधपुछको क्रममा ९९ प्रतिशत संक्रमितको स्रोत विदेशबाट आएका मानिसहरु रहेको पाइएको बताएका हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?