
३ भदौ, झापा । झापाको कनकाई नगरपालिका–८ की ४३ वर्षीया मेनुका ढुंगेल बाँस्तोलाले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित बाँस्तोलालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
परिवारिक स्रोतका अनुसार ढुंगेलको ६ महिनादेखि बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।
‘अहिलेसम्म उपचारमा १३ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका दाजु चन्द्र ढुंगेलले भने, ‘थप ८ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’
नगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष प्रेम कटवालको अध्यक्षतामा आर्थिक सहयोग संकलनका लागि ‘मेनुका बचाउ समिति’ पनि गठन भएको छ । समितिमा कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा जेसिज, रोटरी क्लब लगायतका संघसंस्थाका प्रतिनिधि पनि सदस्य छन् ।
ढुंगेललाई सहयोग जुटाउन गोमादेवी निरौला ढुंगेल र छवि कट्टेलको नाममा एनआईसी एसिया बैंकमा २१०४१५०८९५१७८००१ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि कट्टेलको मोबाइल नम्बर ९८४२६७०८८० वा निरौलाको ९८६३७६५१९६ वा दाजु चन्द्र ढुंगेलको ९८४२६५२८०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया 4