+
+
Shares

बाटोको विवादमा कुटपिट हुँदा महिलाको मृत्यु, चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १५:१५

३ भदौ, जनकपुरधाम । सिराहाको अर्नमा गाउँपालिकामा एक महिलाको कुटपिटबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाटोको बिषयमा भएको विवादले कुटपिटको रुप लिँदा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ कृष्णपुर बस्ने ५० बर्षीय सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ । स्थानीय केही व्यक्तिको कुटपिटबाट घाइते भएका उनको सिराहा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लीलादेवी राउत र २२ वर्षीया सुलेखा राउत छन् । चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?